कोरोनाबाट बाँकेमा ४ जनाको मृत्यु

सदरलाइन संवाददाता २१ जेष्ठ २०७८, शुक्रबार ०९:४९
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जना र भेरी अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया, दाङ, सल्यान र प्युठानका १÷१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ठकुरबाबा ९ बर्दियाका ६८ वर्षीय पुरुष, बागचौर ३ सल्यानका २७ वर्षीय पुरुष र लमही ४ दाङका २७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै भेरीमा उपचाररत प्युठान नगरपालिका ४ प्युठानकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६ जना र बाँकेका २९६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा पुर्व प्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सामाग्री वितरण

२१ जेष्ठ २०७८, शुक्रबार ०९:४९
बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले कोरोना संक्रमणबाट जोगिनको लागि पुर्व प्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार बर्दिया प्रहरीले बिभिन्न चरणमा गरी आफ्ना पुर्वप्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई कोभिड–१९ […]