दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताएका छन ।
माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको बताएका हुन । कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने उनको धारणा छ ।


‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ ।
मौलिककला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं ।’ लुम्बिनी प्रदेश सरकारले माघ पर्वलाई लक्षित गरेर सार्वजनिक विदा समेत दिदै आएको छ ।
लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति÷माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँबर्षका रुपमामनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले बिशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।