२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु



नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकास्थित पुरैनानजिकै मानखोलामा दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

गर्मीका कारण खोलामा पौडी खेल्न गएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ६, पुरैनाका १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपालीको बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा डुबेर डुबेर मृत्यु भएको हो ।

चार जना मिलेर खोलामा पौडी खेल्न गएका थिए । दुई जना डुबेपछि घरपरिवार र प्रहरीलाई खबर गरिएको थियो ।

खजुरा इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज सन्दीप बेल्वासेका अनुसार, लक्ष्मीको शव केही बेरमै भेटिएको थियो भने किरणको शव दुई घण्टापछि भेटिएको थियो ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार
ताजा समाचार