२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

प्रेम प्रस्ताव अस्वीकार गर्दा बाँकेमा एक युवतीको हत्या



नेपालगञ्ज : प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगन्जमा एक युवतीको हत्या भएको छ । कोहलपुर–६, रझेनाकी २२ वर्षीय सुमद रानी थारूले बर्दियास्थित राजापुर–८, कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा थारूको बीभत्स हत्या गरिएको आरोप लगाउँदै शैलेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो ।

युवतीका भाइ निरेन थारूले जिल्ला प्रहरी कार्यालय बाँकेमा शैलेन्द्रविरुद्ध जाहेरी दर्ता गरेका हुन । वैशाख २९ गते नेपालगन्जस्थित आफू बस्ने कोठामै ती युवती मृत अवस्थामा भेटिएकी थिइन् । थारूको शरीरमा चोटपटकका निसान देखिएकाले जिल्ला प्रहरी कार्यालय बाँकेले थारूको हत्या आशङ्कामा अनुसन्धानसमेत सुरु गरेको थियो ।

प्रहरीले ती युवती भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्षका लागि आफ्नो भाइ निरेनसँगै नेपालगञ्जमा बस्दै आएको जनाएको छ । निरेनले दर्ता गराएको जाहेरीमा मृत अवस्थामा फेला परेको थारूको कोठामा आरोपित चौधरीले प्रयोग गर्दै आएको रेड्मीको मोबाइल, निजले लगाएको जिन्स पाइन्ट र हेल्मेटको भाइजरका टुक्रा र चक्कु भेटिएको उल्लेख छ ।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार
ताजा समाचार