२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

करेन्ट लागेर तुलसीपुरमा एक जनाको मृत्यु, दुई घाइते



नेपालगञ्ज : तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अन्य दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा एक जना शिक्षक रहेका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ स्थाई घर भइ हाल तुलसीपुरमा जापनिज भाषा पढाउँदै आएका २८ बर्षीय महेश बिकको बुधबार बेलुकी करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनलाई बुधबार बेलुका ६ बजेतिर तुलसीपुर वडा नं ६ स्थित बिद्युत कार्यालय नजिकै कार्यलयको बिज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर अवस्थाका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनले तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए । सोही अफिसमा बिज्ञापन बोर्ड स्थापना गर्ने क्रममा बिकलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

त्यस्तै करेन्ट लागेर घाइते हुनेमा पुथा उत्तरगंगा गाउँपालिका – १२ कक्शेरा फल्नेका १६ बर्षीय अर्जुन बिक र भूमे गाउँपालिका –४ काँडाकी १८ बर्षीया मोनिका बिक घाइते भएका छन् ।

उनीहरु दुबै जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार
ताजा समाचार