बाँकेमा एमालेको पुस्तकालय नियमित गरिने

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १५:५३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालय ब्यवस्थित गरिने भएको छ ।

मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ ।


कार्य समितिका सदस्यहरुलाई कार्य विभाजन समेत गरिएको छ । बैठकले हरेक साता दुई घण्टा विभिन्न विषयमा प्रशिक्षणत्मक कक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको सचिव किशोर थापाले जानकारी दिए ।

बैठकले पुस्तकालयका आवश्यक पुस्तक लगायतको सहयोगका लागि आग्रह समेत गरेको छ । आगामी शनिबार दर्शन र सरकारको नीति तथा कार्यक्रममा केन्द्रीत भई प्रशिक्षण सञ्चालन गरिने छ । अध्यक्ष भुसालले पुस्तकालयका लागि विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

६ जेष्ठ २०८०, शनिबार १५:५३
नेपालगञ्ज : वर्षाको समयमा नेपालगञ्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दिगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो । नेपालगञ्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण […]