गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थीले मनाए धान दिवस

१५ असार २०७६, आईतवार १८:३७
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : १६औं राष्ट्रिय धान दिवश–२०७६ को अवसरमा धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्युनिकरण भन्ने राष्ट्रिय मुल नाराका साथ बाँकेको बैजनाथ–४ को गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरका कृषिमा स्नातक तह प्रथम सेमेष्टरका विद्यार्थीले प्रयोगात्मक कार्यका लागि धान रोपेका छन ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले सैद्धान्तिक रुपमा गरेको अध्ययनलाई विद्यार्थीले प्रयोगात्मक अभ्यासका रुपमा खेतको आली लगाउने, धानको बिऊ काट्ने र रोप्ने कार्यको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको गरेको जानकारी दिए ।
क्लेजमा पहिलो सेमेस्टरमा अध्ययन गर्दै रहेका विद्यार्थी राजेन्द्रबहादुर सिंहले आफुले कक्षामा सैदान्तीक रुपमा सिकेको कुरालाई अहिले व्यवहारमा उर्तान खेतमा धान रोप्न आएको बताए ।
अर्की विद्यार्थी निहारिका पाण्डेले पढेको कुरा व्यबहारमा उतार्दा के कस्ता समस्या हुने रैछन र पुरानो परम्परामा खेती गर्दा र नयाँ प्रविधिसंग जोडिदा के नतिजा आउदो रैछ भनेर प्रयोगात्मक कक्षामा सहभागि भएको बताईन ।
कलेजका कार्यक्रम संयोजक सञ्जय कुमार राउतले विद्यार्थीलाई संैद्धान्तीक कुरालाई अहिले व्यबहारमा उतार्नको लागि खेतमा ल्याईएको जानकारी दिए । उनले कलेजले यसैबर्षदेखि ३९ वटा धानको जातको विउ राखेर अनुसंधान सुरु गरेको जानकारी दिदै नतिजा राम्रो आएमा स्थानीय किसानको लागि उन्नत जातको धानको वित्रउ उत्पादन गरीने बताए ।


Next Post

क्वीक्स कपमा जनताको फराकिलो जीत

१५ असार २०७६, आईतवार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा आइतवार बागेश्वरी एकेडेमी, गाभार, ध्रुवतारा विद्यामन्दिर, जेनिथ ई.बोर्डिङ स्कूल र जनता नमूना मावि विजयी भएका छन् । पहिलो खेलमा बागेश्वरी एकेडेमीले नेपालगञ्ज मोडेल एकेडेमीलाई १–० गोलले पराजित गर्याे । बागेश्वरीका लागि प्रकाश कडेलले ३१ मिनेटमा गरेको गोल नै निर्णायक भएको […]

ताजा अपडेट