माओवादी केन्द्र बाँकेको विस्तारित बैठक शुरु

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १५:५७
 

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक नेपालगञ्जमा शुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्व मुख्यमन्त्री कुलप्रसाद लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा भएको छ ।

बैठकको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नुभएको छ भने रिपोर्टिङदेखि बैठक शुरु भएको अध्यक्ष पाण्डेले जानकारी दिए । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ शुरु भएको बैठकबाट सकारात्मक कुराको निर्णय हुने अपेक्षा गरिएको छ ।


बैठकमा स्थायी समिति सदस्य पुर्णाकुमारी सुवेदी, पुर्व मन्त्री महेश्वरजंग गहतराज लगायत केन्द्रिय सदस्य, प्रदेशका नेताहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगर सहित एक जना पक्राउ

६ भाद्र २०८०, बुधबार १५:५७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ टंकपसरीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, सोही उपमहानगरपालिका–१५ जमुनाहा बस्ने २० वर्षीय ओसिम साई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई […]

सम्बन्धित