बाँकेमा डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृत भेटिए

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १३:१६
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् ।

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए ।


बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा शुक्रबार राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रक्तदान गर्न रक्तसञ्चार केन्द्रको अपिल

२७ श्रावण २०८०, शनिबार १३:१६
नेपालगञ्ज : पश्चिम नेपालका तीन वटा प्रदेशका गम्भीर अवस्थाका बिरामीको उपचार हुँदै आएको नेपालगञ्जमा फेरि रगत अभाव हुन थालेको छ । मौसम परिवर्तनका कारण बाँकेका विभिन्न सरकारी र गैर सरकारी अस्पतालमा बिरामीको चाप बढ्नाले उनीहरूको उपचारमा रगतको अभाव देखिन थालेको जनाइएको छ । रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लाका […]

सम्बन्धित