नेपालगञ्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १६:०१
 

नेपालगञ्ज : वर्षाको समयमा नेपालगञ्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दिगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो ।

नेपालगञ्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुने देखिएको छ ।

नेपालगञ्जको सुर्खेतरोड सडक खण्डअन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासंग पुगेर दबाब दिएको सांसद तिवारीले बताइन् ।

उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडस्थित नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या डुबानको समस्या रहेको छ । उक्त समस्याका बारेमा नेपालगञ्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएर आफुसमक्ष यो समस्या आएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकारसमक्ष पुर्याएकी छन् ।

संसाद तिवारीले भनिन्, “नेपालगञ्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो हुनेछ ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट तीस लाख बजेट व्यवस्थापन गराएकी छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसंग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताए ।

सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नेछिन् भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटेकी छन् ।

सांसद तिवारीले सम्भवतः चालु आर्थिक वर्षभित्रै उक्त नालाको निर्माण प्रक्रिया शुरु हुनेमा विश्वस्त छिन् । नाला निमार्णका विषयमा सडक डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख शाक्यले उक्त समस्या ठुलो भएको स्वीकार्दै बजेटको अभावमा निमार्ण गर्न नसकेको भन्दै सांसद तिवारीको पहलमा बजेट व्यवस्थापन भएपछि तत्काल निमार्ण शुरु गर्ने बताए ।

वर्षाको समयमा नेपालगञ्जमा केही बेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउँछन् । सूचना र नागरिक अभियन्ताका रुपमा काम गरेकी सांसद तिवरीले नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने र सार्वजनिक चासोको विषयलाई मुख्य एजेण्डाको रुपमा अघि बढाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचारी नै भ्रष्टाचारबिरुद्धको अभियन्ता हुनु दुर्भाग्य : महासचिव भट्ट

६ जेष्ठ २०८०, शनिबार १६:०१
नेपालगञ्ज  : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले मुलुकमा सञ्चालन हुँदै गरेको भ्रष्टाचार बिरुद्धको आन्दोलनका अगुवाहरु नै भ्रष्टचारी भएको दाबी गरेका छन् । पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानको क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘जो बढी भ्रष्टाचार बिरोधी राग ओकल्दै आन्दोलनमा होमिएका छन् […]

सम्बन्धित