प्रदेश एक्स्पो तयारी तीब्र

१ फाल्गुन २०७६, बिहीबार ०९:३२
 

सदरलाइन /  टोपेन्द्र रोका मगर,
दाङ :  प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना गर्न लागेको छ । यही फागुन १०, ११ र १२ गते तीन दिनसम्म आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश एक्स्पो आयोजन गर्न लागेको हो ।
एक्स्पोलाई भव्य, सभ्य र सफल बनाउन प्रदेश सरकारले तीब्र तयारीमा जुटेको छ । ‘प्रदेश एक्स्पोमा सहभागी होऔं, ‘समृद्ध प्रदेश खुशी जनता’को अभियान सफल पारौं’ भन्ने नारासहित प्रदेश एक्स्पो आयोजना हुन लागेको छ ।
बुधबार घोराहीमा एक्स्पो प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरी यस एक्स्पोमा प्रदेश सरकारले हालसम्म गरेका कार्यहरुको प्रगति तथा सेवाका बारेमा जानकारी गराइने जनाइएको छ ।
यस्तै प्रदेश भित्रका नवीन प्रविधि, उत्पादन तथा सेवाहरुको जानकारी, शिक्षा, स्वास्थ्य, कृषि, सूचना, प्रविधि, यातायात तथा अन्य क्षेत्रका नवीन प्रविधहरुको प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको समितिले जनाएको छ ।
प्रत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीले एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र बन्ने बताए ।
प्रदेश सरकारले सञ्चालन गर्ने सो एक्स्पोमा सरकारले गरेका कामसँगै प्रदेशमा रहेका विविध आयामहरुको बारेमा बुझ्ने अवसर मिल्ने मन्त्री केसीको भनाई थियो ।
उनले एक्स्पो अनुभव आदान प्रदान गर्ने थलो बन्ने बताए । प्रदेश सरकारका साथै स्थानीय तहले गरेका कामलाई प्रर्दशनका रुपमा देखाउने गरी तयारी तिब्र पारिएको उल्लेख गरे ।
मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले प्रदेश एक्स्पो मार्फत भएका काम देखाउने, अनुभव साट्ने र सुझाब लिने थलो बनाउन लागेको बताए ।
उनले प्रदेशका १२ जिल्लाका १०५ स्थानीय तहले आफ्नो मौलिकता झल्कने विविध प्रस्तुतिहरु प्रदर्शन गर्ने जानकारी दिए । एक्सो आयोजनाको लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी शुरु गरेको छ । एक्स्पोमा ५० वटा सरकारी स्टल र करीब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा कुनै पनि बिकृति भित्र्याउने खालको प्रस्तुतिहरु प्रदर्शन नहुने आयोजनक बताउँछ । प्रदेशको उत्तरमा रहेको पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चममा राजापुरसम्म रहेको भौगोलिक, जैविक तथा साँस्कृतिक विविधताको प्रदर्शनी हुने छ ।
केही दिन अगाडी प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न मेला महोत्सवको नाममा बिकृति प्रदेशन हुने गरेको भन्दै एक्स्पोबाट नयाँ कुराको जानकारी पाउन सकिने दावी गरेका थिए ।


एक्स्पोमा हुने कार्यक्रमहरु

१) प्रदेश सरकारले स्थापनादेखि हालसम्म २ वर्षको अवधिमा सरकारले गरेका कार्यहरको विभिन्न माध्यमबाट जानकारी गराउने २) विपद्को अवस्थामा गरिने उद्दार कार्यको अभ्यास पदर्शन गरिने ३) नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्वन्धी प्रदर्शनी गरिने
४) झोलुङ्गे पुल तथा सडक पुलको डेमोन्स्ट्रेसन गर्ने
५)हस्पिटालिटि सम्वन्धी तालिम सञ्चालन गर्ने
६) प्रदेश ५ को संस्कृति झल्काने नृत्यहरु, साँस्कृति कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने
७) स्थानीय घरेलु तथा व्यवसायीका उत्पादित सामाग्रीहरु प्रशर्दन गर्ने,
८) बालबालिकाको लागि खेलहरु प्रदर्शन
९) शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु (स्मार्ट पाढाई) र सिकायको प्रोजेक्टहरु प्रदर्शन, स्वास्थ्य शिविर सञ्चालन
१० कृषि प्रविधि तथा प्रदेशका प्रमुख उत्पादनहरुको प्रदर्शन, जैविक मल, बैकल्पिक सिंचाई, गोबर जाँच, माटो जाँच, प्लान्ट क्लिनिक र खोप खादिको प्रत्यक्ष सेवा तथा जानकारी
११) नमूना संसद अभ्यासको प्रस्तुती
१२) प्रदेश ५ का १२ वटै जिल्लाबाट जिल्लागत रुपमा सम्वन्धित जिल्लाको पहिचान झल्किने उत्पादनको प्रदर्शन
१३) विभिन्न जातजाति, भाषा, संस्कृति झल्किने झाँकी लगायत अन्य मनोरञ्जनात्मक साँस्कृति कार्यक्रमको प्रस्तुती
१४) प्रदेश भित्रका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवम् पर्यटकीय स्थलहरुको बारेमा जानकारीमूलक सामाग्रीको प्रस्तुति
१५) योग, ध्यान शिविर सञ्चालन र विशेषज्ञ डाक्टरद्धारा मुटु र मृगौला सम्वन्धी रोगको निशुल्क स्वास्थ्य परिक्षण
१६) विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरु तथ अन्य व्यक्तिहरुले उत्पादन एवम् आविष्कार गरेका नवीन प्रविधिहरुको प्रदर्शन
१७) प्रदेश भित्रका मोलिक ज्ञान, सिप, लोककला, स्थानीय उत्पादन, खाना तथा परिकारहरुको प्रस्तुति र प्रदर्शन आदि ।

Next Post

कृषि क्षेत्रको बिमा किसान मैत्री हुन नसकेको गुनासो

१ फाल्गुन २०७६, बिहीबार ०९:३२
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज : कृषि क्षेत्रमा बिमा सेवा दिने सेवा प्रदायक बिमा कम्पनीहरु किसान मैत्री हुन नसकेको नेपालगन्जमा आयोजित एक कर्याक्रमका सहभागिले औल्याएका छन् । प्रदेश नंम्बर ५ प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छि विकास महाशाखा बुटवलले नेपालगञ्जमा आयोजना गरेको पशुपन्छी बिमा सम्बन्धी प्रादेशिकस्तरिय बिमा […]