खजुरा ४ का एक परिवारलाई शैक्षिक सहयोग

सदरलाइन संवाददाता ३० बैशाख २०८०, शनिबार १६:१२
 

नेपालगञ्ज : नेपालगञ्जमा स्थापित उद्योगपति कमल कार्कीले बाँकेको खजुरा गाउँपालिका ४ का एक परिवारका दिदी भाईको शैक्षिक निरन्तरताका लागि सहयोग गरेका छन् ।

कार्कीले ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा अध्ययनरत पुनम बुढा र मनकामना माविमा कक्षा ७ मा अध्ययनरत गणेश बुढाको शैक्षिक निरन्तरताका लागि घरमै पुगेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।


लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, एमाले बाँके जिल्ला कमिटी सदस्य देवराम विसी, ब्यवसायी नमु पाण्डेसहित घरमै पुगेर कार्कीले दुबैका हजुर बुवा टेकबहादुर रोकायलाई रकम हस्तन्तरण गर्दै जेहेन्दार विद्यार्थीको रुपमा अघि बढ्न आग्रह गरे ।

दुईबर्षअघि बुवाको कोभिडका कारण निधन भएपछि पुनम र गणेश मावलीमा बसेर अध्ययन अध्यापन गर्दै आएका छन् । सहयोग प्राप्त भएपछि हजुरबुवा रोकायले यस सहयोगले दुबैजनाको एकबर्षको शैक्षिक क्रियाकलाप अघि बढाउन पुग्ने भएकाले ठुलो सहयोग भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेको नेपालगन्जमा अभिमुखीकरण

३० बैशाख २०८०, शनिबार १६:१२
नेपालगञ्ज : नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेका अध्यक्ष मोहमद मोहसिन हलवाईको अध्यक्षतामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यतामा उक्त अभिमुखीकरण कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भएको हो । खेलकुदले राष्ट्रका लागि मात्र […]

सम्बन्धित