धर्मगुरु र प्रमुख जिल्ला अधिकारीले औषधि खाएर बाँकेमा हात्तिपाईले विरुद्धको अभियानको उद्दघाटन फोटो कथासहित

५ चैत्र २०७३, शनिबार १९:०७
 

सदरलाइनडटकम  
५ चैत, नेपालगन्ज  : बाँकेमा हात्तिपाईले विरुद्धको औषधि खुवाउने आभियानको सुरुवात धर्मगुरुहरु र प्रमुख जिल्ला अधिकारीले गरेका छन् । नेपालगन्जको महेन्द्रपार्कमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजित कार्यक्रममा हिन्दू र मुस्लिम धर्मगुरुहरु र प्रजिअसमेतको टोलीले औषधि खाएर अभियानको सुरुवात गरेका हुन ।
जिल्ला जवस्वास्थ्य कार्यालय बाँकेले जिल्लामा ९ सय २७ वटा बुथ स्थापना गरी ३ सय ४६ स्वास्थ्यकर्मी र २ हजार ३ सय ३ स्वयमसेवक खटाएर तीन दिने अभियान शनिबारबाट सुरु गरेछ । अभियानको क्रममा पहिलो दिन बुथमा खुवाउने दोस्रो र तेस्रो दिन घर–घरमा पुगेर खुवाउने कार्यक्रम तय छ ।

नेपालगन्जको महेन्द्रपार्क बुथमा हात्तिपाईले विरुद्धको औषधि खुवाउने तथा अन्य खोपका कार्यक्रम समेत अत्यन्त न्यून कभरेज हुने भएकोले त्यस ठाँउमा धर्मगुरुलाई बोलाएर औषधि खुवाउने कामको सुरुवात गरिएको हो ।
मुस्लिम मधेशीहरुको बाहुल्यता रहेको सो वडाका स्थानीय बासिन्दले हात्तिपाईले बिरुद्धको औषधि खान तथा विभिन्न रोग बिरुद्धको खोप लागाउनमा समेत अत्यन्तै न्यून सहभागिता जनाउने भएकोले आफुहरु आउनु परेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका संयोजक तथा हिन्दू धर्मगुरु एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बताए ।


नजिकै रहेका अन्तरधार्मिक तथा समाजिक सद्भाव समितिका सह–संयोजक एबम मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले मधेशी मुस्लिम समुदायमा खोपको महत्व बुझाउन नसकेको कारण खोप लिन र औषधि खान डराउने गरेको स्पष्ट पार्दै उनीहरुलाई समुदाय स्तरबाटै औषधि र खोपको महत्वको बारेमा बुझाउन प्रयास हुन आवश्यक रहेको औल्याए । उनीहरु दुबैले सोही बुथबाट हात्तिपाईले बिरुद्धको औषधि खाँदै सबैलाई विभिन्न सावधानी अपनाउदै सो औषधि खानको लागि अपिल समेत गरेका छन् ।



बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, निमित्त प्रहरी प्रमुख एसपी रविन्द्र बस्याल लगायतका व्यक्तिहरुले सो बुथबाट औषधि खाए पनि स्थानीयले भने औषधि खान अत्यन्तै न्युनमात्रै सहभागि भएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका १ लाख १२ हजार २ सय ८६ घरधुरीका ५ लाख २३ हजार ९८ जनालाई औषधि खुवाउने लक्ष अनुरुप नेपालगन्ज उप–महानगरपालिकामा ६९ वटा बुथ र गाविसहरुमा ८ सय ५८ औषष्धि खुवाउने बुथ निर्धारण गरि ती बुथहरुबाट औषधि खुवाउन सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खडकाले जानकारी दिए ।
‘औषधि खाएपछि हुन सक्ने कम्प्लीकेशनलाई तत्काल रेस्पोन्स गर्नको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जका साथै भेरी अञ्चल अस्पताललाई तोकिएको छ’–उनले भने । बाँकेमा हात्तिपाईले (फाईलेरीया) को अवस्था अत्यन्तै जोखिम युक्त अवस्थामा रहेकोले औषधि खुवाउने कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।
पाँच वर्षसम्म निरन्तर औषधि खुवाएपछि ०७२ माघमा बाँकेको रझेना र नेपालगन्जका ६ सय २४ जनामा गरिएको जाँचमा महिला ५४ जना र पुरुष ४५ गरी ९९ जनामा हात्तिपाईलेको जिवाणु रहेको पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा प्रतिशतको आधारमा १६ प्रतिशत भन्दाबढी भएको छ ।

     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा केपी ओलीले भने : तोकिएकै मितिमा निर्वाचन गराउन खुट्टा नकमाउ सरकार

५ चैत्र २०७३, शनिबार १९:०७
सदरलाइनडटकम    ६ चैत, नेपालगन्ज  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र तोकिए कै मितिमा निर्वाचन गर्ने बिषयमा खुट्टा लुलो नपार्न सरकारलाई चेतावनी दिएका छन् । नेकपा एमाले प्रचार विभाग बाँकेले आईतबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अरु कसैको कुरा सुनेर निर्वाचनको विषयमा खुट कमाए कडा […]