बाँके क्षेत्र नं. ३ मा एमालेको अग्रता कायमै

सदरलाइन संवाददाता ५ मंसिर २०७९, सोमबार १३:३८
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ प्रतिनिधीसभामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको ३ हजार ९ सय २९ मतमध्ये नेकपा एमालेका किस्मतकुमार कक्षपतिले १ हजार ८ सय १६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोरसिँह राठौरले १ हजार २ सय ४ मत प्राप्त गरेर दोश्रो स्थानमा रहेका छन् ।


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ सय ९३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ३ मा कुल ७३ हजार २ सय १३ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा जीप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, आठ घाइते

५ मंसिर २०७९, सोमबार १३:३८
बैतडी : बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुने सबै प्रहरी हुन् । दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको […]