नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेको नेपालगन्जमा अभिमुखीकरण

सदरलाइन संवाददाता ३० बैशाख २०८०, शनिबार १६:५१
 

नेपालगञ्ज : नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेका अध्यक्ष मोहमद मोहसिन हलवाईको अध्यक्षतामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यतामा उक्त अभिमुखीकरण कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भएको हो ।

खेलकुदले राष्ट्रका लागि मात्र नभई स्वास्थ्यमा समेत महत्वपुर्ण भुमिका खेल्ने भएकोले खेलकुदलाई निरन्तरता दिनुपर्ने कुरामा प्रमुख अतिथी तथा नेपालगञ्ज ४ का वडाअध्यक्ष पुनले जोड दिए । देशलाई बिश्वसामु चिनाउर्ने अर्को माध्यम भनेकै खेलकुद रहेकोले राज्यले खेलाडीलाई प्रोत्साहन तथा उत्पादन गर्न बिभिन्न कार्यक्रमहरु गर्नुपर्ने उनले औल्याए ।


खेल प्रेमी तथा खेलाडीहरुको उत्पादनका साथै खेलाडीहरुको हकहितको लागि व्यक्तिगत तथा आप्mनो वडा कार्यालयबाट साथ सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

हप्किडो संघले बाँकेमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेको हप्किडो संघ बाँकेका अध्यक्ष हल्वाईले जानकारी गराए । बाँकेमा हप्किडो संघले महिला तथा बालबालिकाहरुलाई आत्मरक्षाका लागि तालिम प्रदान गर्दै आएको जानकारी गराउँदै उनले हरेक स्कूलमा आत्मरक्षाका लागि तालिम अति आवश्यक रहेको हुनाले यसलाई लागु गर्नुपर्ने उहाँले धारणा राखे ।

नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेलाई बिभिन्न बिद्यामा योगदान पुर्याउने खेलप्रेमीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा खेलाडीहरुले आत्मरक्षा गर्ने कला प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोप लगाउन छुटेका बालबालिकालाई आइतवार लगाईंदै

३० बैशाख २०८०, शनिबार १६:५१
नेपालगञ्ज : खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई आइतवार नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाईंदैछ । ‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको छ । खोप लगाउन छुटेका सबै बालबालिकालाई […]