डिजिटल प्रविध मार्फत प्रचार अभियान चलाउदै संघिय समाजबादी फोरमका उम्मेदवार ईस्तियाक

२९ कार्तिक २०७४, बुधबार १८:१२
 
सदरलाइनडटकम  
२९ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गतेको निर्बाचनमा आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्नको लागि बाँकेका उम्मेदवारहरु प्रविधिलाई समेत प्रयोग गर्न थालेका छन् । यस क्रममा संघीय समाजवादी फोरम नेपाल बाँके, क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले पछिल्लो समय आफ्नो चुनावी अभियानलाई डिजिटल प्रचार अभियान मार्फत अघि बढाएका छन् ।
उनले अबको युग डिजिटल युग भएकोले डिजिटल युगसँगै नयाँ पुस्ता पनि प्रविधिमैत्री हुनुपर्ने बताउदै उनले प्रविधिका कारण विश्व नै एकआपसमा जोडिन थालेको र सबैको हातहातमा प्रविधिको पहुँच विस्तार गर्नु पर्ने बताए ।
आगामी मंसीर २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि बाँकेमा उम्मेदवारहरुले प्रचार प्रसारका लागि प्रविधिलाई पनि जोड दिइरहेका छन् । फोरमका उम्मेदवार राईले पनि सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । उनका कैयौ फेसबुक पेजहरु अहिले पनि सक्रिय छन् ।

Next Post

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाह खजुराक्षेत्रमा घरदैलो गर्दै

२९ कार्तिक २०७४, बुधबार १८:१२
सदरलाइनडटकम ३० कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने आम निर्बाचनको मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न जोडतोडका साथ लागेका छन् । यसैक्रममा लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं. ३ ख का प्रत्यक्ष उम्मेदवार लक्ष्मी नारायण शाहले आफ्नो प्रचार अभियानलाई तीब्र पारेको […]