नेपालगञ्जमा व्यापार महोत्सवको तयारी

७ पुष २०७५, शनिबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा पौष २६ गतेदेखि व्यापार महोत्सव सञ्चालन हुने भएको छ । माघ ८ गतेसम्म चल्ने कृषि, पर्यटन, व्यापार तथा बृहद् सांस्कृतिक महोत्सव २०७५ एजि सर्भिस प्रालि नेपालगञ्जले आयोजना गर्न लागेको हो ।
नेपालगञ्जमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले मेला सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । महोत्सवमा कला सांस्कृतिक, भाषा, पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई वेरोजगार युवालाई रोजगार दिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समूहका संयोजक नन्दबहादुर बुढाले बताए ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ४० रुपैयाँ टिकट दररेट राखिएको छ । महोत्सवमा ३ सय बढि स्टल रहनेछ भने कुल ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
महोत्सवमा नायक विराज भट्ट, निखिल उप्रेती, गायिका ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, गायक यश कुमार, शान्ति श्रश्र परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेललगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । १ लाख बढि दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Next Post

राम्री बस दुर्घटनाका घाइतेलाई काठमाण्डौ लगियो

७ पुष २०७५, शनिबार १८:३५
सदरलाइनडटकम, कोहलपुर : तुलसीपुर उपमहानगरपालिका–३ राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि शनिवार काठमाण्डौ लगिएको हो । घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत १२ जनालाई थप उपचारका लागि लगिएको हो । शुक्रवार अपरान्ह […]