तुलसीपुरबाट २ सडक मानवको उद्धार

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १५:२६
 

दाङ : तुलसीपुरबाट २ सडक आश्रित मानवको उद्धार गरिएको छ । शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो ।

सल्यान ढोरचौर घर बताउने अन्दाजी ४५ वर्षीय छवि बोहोरा र रुकुम मुसिकोट १२ घर बताउने रत्न बहादुर पुन मगरलाई तुलसीपुर बसपार्कबाट उद्धार गरिएको हो ।


बसर्पाकको पिपलबोटमा बास बसेको अवस्थामा भेटिएकी ४५ वर्षिय बोहरले छोरा कमल वोहोरा, श्रीमान गौरी बोहरा बताए ।

मानव सेवा आश्रम तुलसीपुरको नेतृत्वमा सडक पेटीमा रात बिताउनेहरुको हरेक समयमा उद्धार गर्ने गरिएपनि शनिबार विषेश उद्धार अभियान सञ्चालन हुने गरेको आश्रमका तुलसीपुर प्रमुख हिरु जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृष्ण मावि ५ गोल्डेनसहित प्रथम स्थानमा

२४ बैशाख २०८०, आईतवार १५:२६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित लक्ष्मि मावि बर्दहवामा सम्पन्न प्रथम जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा कृष्ण माविले ५ गोल्डेनसहित प्रथम स्थान ओगटन सफल भएको छ । विकास अनुशासन र गतिशिलता भन्ने मुल नाराका साथ बाँके जिल्लास्तरीय प्रथम जुनियर तेक्वान्दो प्रतियोगितामा आयोजक बर्दहावा तेक्वान्दो डोजाङ्गले दोस्रो स्थान रनोबेल तेक्वान्दो डोजाङ्गले तृतीय स्थान […]