समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

सदरलाइन संवाददाता १ जेष्ठ २०८१, मंगलवार २०:०१
 

काठमाडौँ :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन ।

लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन ।

परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिइन । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’

समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताईन ।


जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिदै भनिन –‘अहिलेको आवश्यकता अनुसार प्रादेशिक संरचनामा जान जरुरी छ । त्यसरी जाँदा परिषद्को सेवा ग्रासरुटसम्म पुग्छ, मन्त्री चौधरीले भन्नुभयो, ‘परिषद्को संरचनागत सुधारका लागि अगाडी बढ्नुस्, त्यसका लागि यहाँहरूलाई म सहयोग गर्न तयार छु ।’

कर्मचारीको वृत्ति विकास तथा कार्य सम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको भन्दै उनले कर्मचारीबिच विभेदजन्य व्यवहार हुन नहुने बताउनुभयो मन्त्री चौधरीले कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिईन ।

पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीले कर्मचारी भनेको संस्थाको हातखुट्टा भएको भन्दै कर्मचारी र पदाधिकारीबिच एक आपसमा समन्वय भएर अगाडि बढ्न आवश्यक रहेको बताए । ‘हामीले काम गरिरहेको प्रक्रियाबाट सेवाग्राही सन्तुष्ट छैनन् । यसलाई अलिकति परिमार्जन गरेर जान आवश्यक छ’, उपाध्यक्ष माझीले भने ।

यसैगरी समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले सँस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने भन्दै संस्थाप्रति बाहिर बढेको गलत कुराहरूलाई निमिट्यान्न पार्नका निम्ति सबै लाग्न आग्रह गरे ।

परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय संसद नेपाली कांग्रेसको दादागिरी चल्ने ठाउँ होईन : एमाले अध्यक्ष ओली

१ जेष्ठ २०८१, मंगलवार २०:०१
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद नेपाली कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताएका छन् । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सदन चल्न दिएन भनेर कांग्रेसले भ्रम फैलाएको आरोप लगाए । कांग्रेसले एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप […]