नरैनापुर (बाँके) : नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिका स्थानीय कार्यसमितिको आयोजनामा हालै सम्पन्न युनियनको बाँके जिल्ला कार्यसमितिलाई नरैनापुरमा स्वागत सम्मान गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि भरत महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल, विशिष्ठ अतिथि क्षेत्रनं. १ का क्षेत्रीय सभापति पोषण राज केसी रहेका थिए ।


हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति, सम्पुर्ण केन्द्रिय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि , गरी ३३ जनालाई सम्मान पत्र, माला र गम्छाले स्वगत गरिएको नरैनापुरका अध्यक्ष समेत रहेका महाधिवेशन प्रतिनिधि महतोले जानकारी दिए ।
निजामती कर्मचारी युनियन नरैनापुरका सहसचिव बालक राम पासिले स्वागत मनतब्य र उपाध्यक्ष मोकदर अलि मुकेरीले सञ्चालन गरेको कार्यक्रममा कोहलपुर नगरप्रमुख पुर्णप्रसाद आचार्य, नरैनापुर गाउपपालिका प्रमुख ईशितयाक अहमद शाह, युनियन जिल्ल अध्यक्ष नागेन्द्र शाही, नरैनापुर वडा न १ वडाअध्यक्ष ईशाक जोलहा, वडा न ५ वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, पूर्व वडाअध्यक्ष राज कुमार मौर्य, मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहलगायतको उपस्थिति रहेको थियो ।