कृष्ण मावि ५ गोल्डेनसहित प्रथम स्थानमा

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १५:४२
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित लक्ष्मि मावि बर्दहवामा सम्पन्न प्रथम जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा कृष्ण माविले ५ गोल्डेनसहित प्रथम स्थान ओगटन सफल भएको छ । विकास अनुशासन र गतिशिलता भन्ने मुल नाराका साथ बाँके जिल्लास्तरीय प्रथम जुनियर तेक्वान्दो प्रतियोगितामा आयोजक बर्दहावा तेक्वान्दो डोजाङ्गले दोस्रो स्थान रनोबेल तेक्वान्दो डोजाङ्गले तृतीय स्थान ल्याउन सफल भएका छन् ।

खेलमा डाइनामिक मा.बिका खेलाडी कृटीना खड्का बेस्ट महिला खेलाडि चुनिईन भने पुरुष तर्फ कृष्ण मा.बि. रोसन पुन मगरले हात पार्न सफल भए । वजयी खेलाडिहरुलाई मेडल, प्रमाण पत्र अग्रज खेलाडिहरु तिर्थबहादुर शाही, जंगवीर चौधरी, मोहन ओलि महेस थापाले बितरण गरेका थिए भने बेस्ट खेलाडीहरुलाई वडा नं. का वडाध्यक्ष हरि कठायत तथा राखेप बोर्ड सदस्य श्रीमान थापाले प्रदान मेडल, प्रमाण पत्र वितरण गरेका थिए ।

आफनै गतिमा निरन्तर भईरहने खेल तोक्वान्दो हो । तेक्वान्दो खेलाडिलाई अन्य खेल खेल्न सहज हुने भएकोले दिनप्रतिदिन यस खेलप्रति आकर्षण बढेको भन्दै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकास लामिछानेलेउपयुक्त कवड हल र सेन्सरबिनाको प्रतियोगिता कष्टपुर्ण हुने बताएका छन् । खेलकुदलाई मर्यादित र परिणामुखी बनाउने हो भने स्थानिय तहले बेलैमा एउटा कबडहलको योजना बनाउन समेत उनको आग्रह रहेको छ ।


बर्दहवा तेक्वान्दो डोजाङ्ग आयोजक तथा पञ्चमुखी तेक्वान्दो डोजाङ्ग र तक्षशिला तेक्वान्दो डोजाङ्ग सह आयोजक रहेको प्रथम जुनियर तेक्वान्दो प्रतियोगितामा जिल्ला भरिका १८० जना महिला तर्फ ३० देखि ४२ उमेर समुहका ६० जना र पुरुषतर्फ २५ देखि ४२ उमेर समुहका १२० जनाले सहभागिता जनाएका थिए ।

समापन तथा पुरस्कार वितरण समारोहमा वडा नं. २ का वडा अध्यक्ष हरि कठायत,राखेप बोर्ड सदस्य श्रीमान थापा प्रदेश तेक्वान्दो संघका सदस्य मोहन वलि, प्रशिक्षक एबं प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष महेश थापा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा सोमवार सार्वजनिक बिदा

२४ बैशाख २०८०, आईतवार १५:४२
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा सोमवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो । कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवसमा पहिलो पटक सार्वजनिक विदा दिएको हो । नगरपालिकाको कार्यपालिकाको बैशाख २४ गते बसेको बैठकको निर्णयानुसार कोहलपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा […]