शसक्त बालिका परयोजनाको किकअफ मिटिंग सम्पन्न

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १५:३४
 

नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारेमा पनि विस्तृत रुपमा जानकारी गराएका थिए ।


सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष त्रिपाठीले शसक्त बालिका परियोजनाले यहाँका बालिकाहरुको चौतर्फी विकासमा ठुलो टेवा पुरयाउने विश्वास रहेको जनाउँदै पालिकाले परियोजना सफल पार्न हरेक प्रकारको सहयोग गर्ने बताए ।

पलिकाका उपाध्यक्ष अधिकारीले परियोजनाले निर्धारण गरेका उदेश्य, लक्ष्य र कार्यक्रम समय सान्र्र्दभिक र बालिका तथा किशोरीको हितमा रहेकोले ती उदेश्य र लक्ष्य प्राप्तीका लागि पालिकाले पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाइन् ।

बैठककोे सञ्चालन परियोजनाका अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सहभागि अधिकांशले यो परियोजनाले बालिका र किशोरीका सवाललाई सम्बोधन गर्ने प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयातालको उपाध्यक्षको भूमिकामा बालिका दुर्गा लुईटेल

८ मंसिर २०८०, शुक्रबार १५:३४
नेपालगञ्ज : १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष […]