नेपालगञ्ज : बाँकेको दुईवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको परीक्षणमा बाँकेका ११ सहित २१ जना र बागेश्वरी डाइग्नोष्टि ल्याबको परीक्षणमा बाँकेका २ जना गरी २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भेरीको रिपोर्टमा १ जना रोल्पाका र बाँकी बर्दियाका संक्रमित रहेका छन् ।
हालसम्म बाँकेमा १ हजार ८ सय ७३ जनामा कोरोना पुष्टि हुँदा १ हजार ५ सय ७ जना निको भएका छन् । अब आइसोलेशनमा ३ सय ५१ जना रहेका छन् भने कोरोनाबाट १५ जनाको मृत्यु भइसकेको ।