सुर्खेत विमानस्थलमा आठ करोडका बत्ति जडान हुँदै

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १३:०८
 

सुर्खेत : सुर्खेत विमानस्थलमा आठ करोडका बत्ति जडान हुने भएका छन् । अबको तीन महिना भित्र राती पनि उडान सुरु हुने भएसगै बत्ति जडान गरिने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा गढ्डा खोध्ने काम भइरहेको हो । विमानस्थल प्रमुख राजन ढुंगेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुने भएको छ । यसकालागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको हो ।

सामाजिक सञ्जालमा अर्थ मन्त्रालबाट बजेट आएको भनेर भनिँदै प्रचार गरिएको भएपनि सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेटको व्यवस्था गरेको हो ।


‘ठेक्का प्रत्रिया अगाडी नै सुरु भएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो ।’ प्रमुख ढुंगेलले भने, ‘यो बजेट अहिले तत्काल आएको होईन ।’

उनले काम गर्ने जिम्मा प्राधिकरणले नै लिएको बताउँदै बत्ती जडानबारे सिंगल या डबल कुन सर्किट बनाउने भन्ने अहिले नै भन्न नसकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २८ वटा खानेपानी आयोजना पुरा भई वितरण शुरु

१० कार्तिक २०८०, शुक्रबार १३:०८
नेपालगञ्ज : बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार ती आयोजना पूरा भएपछि जिल्लाका १५ दशमलव ३२ प्रतिशत नागरिकले धाराको पानी पिउन पाएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका डिभिजन […]

सम्बन्धित