२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बर्दियामा १४ लाख बढीको अवैध काठ बरामद



बर्दिया : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ भग्रैयाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी निरीक्षक बखत बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली तथा सब बन डिभिजन कार्यालय खाता बर्दियाका बन अधिकृत सन्तोष चौधरी समेतको टोलीले काठ बरामद गरेको हो ।

प्रहरी अनुसार, सोही स्थान बस्ने धर्म बहादुर खत्रीको खाली घर तथा निजको मकैबारी, बिपतपुर स्थित बालकुमारी सःमिल तथा फर्निचर उद्योगबाट समेत गरी सिसौ, खयर, तथा साल जातको २८३.६१ क्यूफिट १४ लाख ६५ हजार ५ सय पचास रुपैयाँ बराबरको अबैध काठ बरामद गरिएको हो ।

अबैध काठ बरामद गरी आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि सब डिभिजन बन कार्यालय सानोश्री बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार
ताजा समाचार