२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

टिप्परको ठक्करबाट नेपालगञ्जमा एक जना गम्भीर घाइते



नेपालगञ्ज : नेपालगञ्जमा टिप्परले ठक्कर दिँदा एक जना भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीमा मंगलबार दिउँसो १२ः१५ बजे ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका भारत रुपईडिहा रामपुरका सुरेश तेली गम्भीर घाइते भएका हुन् ।

तेली मोटरसाइकलमा नेपालगञ्जतर्फ आइरहेका थिए भने टिप्पर नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको थियो ।

उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार
ताजा समाचार