२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सुर्खेत १ बाट निर्वाचित तीनै जना मन्त्री



सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित तीनै जना सांसद मन्त्री भएका छन् । प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभातर्फ २ क्षेत्र रहेको सो ठाँउबाट तीनै जना मन्त्री भएका हुन् ।

प्रतिनिधीसभा तर्फ विजयी भएका कांग्रेस उपसभापति समेत रहेका पूर्ण बहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षा तथा कानुन मन्त्री भएका छन् ।

यस्तै प्रदेशसभा (क) बाट विजयी भएका कूष्ण जिसी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएको छन् । भने (ख) बाट निर्वाचित भएका नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका खड्ग पोखरेल सामाजिक विकास मन्त्री भएका छन् ।

प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार
ताजा समाचार