दाङ : दाङको तुलसीपुरमा सर्पले टोकेका बिरामीलाई अस्पताल लैजानुको सट्टा रातभर झारफुक गराउँदा गराउँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ शान्तिटोलका २६ बर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको अववस्थामा दाहिने खुट्टामा विषालु सर्पले टोकेको थियो ।
तर, डाँगीलाई तत्काल अस्पताल लैजान छाडेर आफन्तले तुलसीपुर – १४ पहरुवा र खोल्सापुर गाउँमा पुर्याएर परम्परागत बिधिबाट रातभर झारफुक गराएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
त्यसपछि डाँगी बिहान ३ बजेपछि बहोस भएका थिए । डाँगीलाई बिहान ७ बजे मात्रै घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको र चिकित्सकले तत्काल मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
झन्डै १५ दिन अगाडि मात्रै तुलसीपुर – १३ बखरियामा एउटा यस्तै घटना भएको थियो । प्रहरीका छोरा तथा सर्पले डसेका एक बालकालाई अस्पताले मृत्यु घोषणा गरेपछि पनि झारफुकका घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा झारफुकका लागि लगिएको तुलसीपुरका एक प्रहरी अधिकारीले जानकारी दिए ।
‘सर्पले टोकेर मृत्यु भएको तीन दिन पछिसम्म पनि झारफुक गरि बचाउन सकिन्छ भन्ने समाजमा ब्याप्त भ्रमका कारण मृत्यु भइ सकेका बालकलाई पनि नारायणपुरमा झारफुकका लागि लगिएको घटना आश्चर्य लाग्दो थियो,’ ती प्रहरी अधिकारीले भने ‘त्यस्तो भ्रमका पछि कोही नलाग्न मेरो आग्रह छ र सर्पले टोक्नासाथ सबै भन्दा पहिले उपचारका लागि सम्बन्धित अस्पतालमा पु¥याउन जरुरी हुन्छ ।’
गर्मी बढेसंगै दाङ लगाएत तराइका जिल्लाहरुमा सर्प दंशका घटना बढ्न थालेका छन् ।












प्रतिक्रिया दिनुहोस्