करेन्ट लागेर बाँकेमा एक बालिकाको मृत्यु

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १२:२८
 

नेपालगञ्ज : बाँकेको बैजनाथमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका वडा नंवर २ डिगिया बस्ने खगेन्द्र बस्नेतकी छोरी ६ वर्षीया पुर्णिमा बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार साँझ करिब साढे ६ बजे आफ्नै घरको धाराको मोटर चलाउने क्रममा करेन्ट लागि पुर्णिमा बस्नेत घाइते भएकी थिइन् ।


घाइते भएकी उनलाई औषधि उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याएकोमा उपचारको क्रममा ६ः३५ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट नेपाली सामग्रीको निर्यात बढ्यो

१२ बैशाख २०८०, मंगलवार १२:२८
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको नौ महिनामा निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ भन्दा चालु आव २०७९/०८० मा निर्यात करिब एक करोड रुपैयाँले बढेको हो । अघिल्लो आवको साउनदेखि चैत मसान्तसम्म एक अर्ब ७९ करोड ९१ लाख ४० हजार […]