कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन नगरप्रमुख आचार्यको जोड

तक्षशिला एकेडमीको ९औ वार्षिक उत्सव सम्पन्न

सदरलाइन संवाददाता ८ फाल्गुन २०८१, बिहीबार १९:३३
 

कोहलपुर (बाँके) :  कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बाँकेको कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन सकिने कुरामा जोड दिएका छन् ।

बिहीबार कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीको ९औ वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले कोहलपुरलाई गुणस्तरिय शिक्षाको गन्तब्य बनाउनका लागि आफुहरु लगि परेको उल्लेख गरे ।

उनले भने–‘ कोहलपुरलाई गुणस्तरिय शैक्षिक गन्तब्य बनाउन सकिन्छ । त्यसका लागि एकल प्रयासले मात्रै संभव हुँदैन । सबैको साथ र समर्थन उत्तिकै आवश्यक पर्छ ।’ उनले समग्र परिक्षा प्रणालीलाई नै सुधार गर्न सके कोहलपुरको शैक्षिक अवस्थामा व्यापक परिवर्तन हुनसक्ने दाबी गरे ।

उनले कोहलपुर नगरपालिकाले गुणस्तरिय शैक्षिक सुधारका लागि कोहलपुरमा रहेका विद्यालयमा हुँदै आएको परिक्षा प्रणालीमा व्यापक सुधार गर्न आवश्यक रहेको र त्यसका लागि नगरपालिकाले निर्मम भएर अघि बढेको जानकारी दिए ।

नगरप्रमुख आचार्यले आफ्ना बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा नहुने कुरामा जोड दिदै आफ्ना बालबालिकाले आर्जन गरेको शिक्षाको गुणस्तर र आनीबानीलाई पनि नियाल्दै अभिभावकले नियमित विद्यालयको सम्पर्कमा रहेर आफ्नो बालबच्चाको शैक्षिक अवस्थाको जानकारी लिन आवश्यक रहने सुझाव दिए ।


उनले केही शैक्षिक संस्थाहरुले अभिभावकलाई झुक्याउने मनसायले परिक्षाको नतिजा तयार पारेको आफुलाई जानकारी भएको र त्यस्ता विद्यालय शैक्षिक संस्था नगरपालिकाको निगरानीमा रहेको उल्लेख गर्दै भने–‘ केही विद्यालयले अभिभावकलाई खुशीपार्न नतिजा उत्कृष्ठ नम्बर दिएर पठाउने त्यो विद्यार्थी जिल्ला स्तरको वा नगरस्तरको परीषामा भने ४–५ विषय लागेर फेल हुने अवस्था देखिएको छ, यो सरासर अभिभावकलाई ठगिएको हो । तसर्थ अभिभावक बेलैमा सचेत हुन आवश्यक छ ।

तक्षशिला एकेडमीका अध्यक्ष विष्णुप्रसाद बेलबासेको अध्यक्षतामा सम्पन्न ९औ वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनी कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको प्रस्तुती, तथा उनीहरुले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको थियो ।

सो अवसरमा बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमाल, तक्षशिला एकेडमीका शैक्षिक सल्लाहकार तथा संस्थापक खोपीराम ओलीलगायतले आ–आफ्नो भनाई राखेका थिए । साथै एकेडमीक क्षेत्रमा हासिल गरेको उपलब्धिको मुल्याङ्कन गरी पुरस्कृत समेत गरीएको थियो ।

  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक गाईबस्तु व्यवस्थापनमा प्रदेश सरकारको पहल

८ फाल्गुन २०८१, बिहीबार १९:३३
दाङ : लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तुको व्यवस्थापनको पहल लिएको छ । प्रदेश भित्र सामुदायिक गाईबस्तु(छाडा पशु चौपाया)को समस्या बढ्दै गएपछी मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तुको व्यवस्थापन दिर्घकालिन रुपमा गर्नेगरी पहल लिएका हुन । उनले सामुदायिक गौशालाको व्यवस्थापनका साथै प्रदेश स्तरको ठूलो गौशाला निर्माणको लागि पहल लिदै भने– ‘गाईबस्तुको संरक्षण […]

ताजा अपडेट