राप्तीसोनारीमा बाघले बाख्रा मार्यो, अझै त्रास कायमै

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १४:५६
 

नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका सामुदायिक वन क्षेत्रमा अझै पनि बाघको खतरा टरेको छैन ।

शनिबार राप्ती सोनारी गाउँपालिका ५ स्थित सामुदायिक वनमा बाघले बाख्रा मारेपछि फेरि पनि त्रास बढेको छ । केही दिनअघि मान्छे मार्ने बाघलाई बाँके राष्ट्यि निकुन्जको पहलमा नियन्त्रणमा लिएपछि त्रास हट्ने बिश्वास गरिएको थियो ।


त्यसयता स्थानीयहरु बाघको आक्रमण नहुने भन्दै सामुदायिक वनमा आउजाउ गर्न थालेका थिए । तर शनिबार वनमा चर्ना लगिएको बाख्रा बाघले मारेपछि त्रास फेरि बढेको स्थानीय अगुवा हेमन्त चौधरीले बताए । उनका अनुसार नरभक्षी बाघ अझै पनि नियन्त्रणमा आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ३ जनामा कोभिड पुष्टि

२२ फाल्गुन २०७८, आईतवार १४:५६
नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ […]

सम्बन्धित