‘नेपालगञ्ज र डुडुवामा सात सय करोड खर्च गरिने’

२७ माघ २०७५, आईतवार १८:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले चालू आर्थिक बर्षमा बाँकेमा विकासका लागि ७ सय करोड रुपैयाँ बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमाविमा आइतवार भएको सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका गरी ७ सय करोड बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको जानकारी दिए । सरस्वती पुजा कार्यक्रममा बोल्दै मन्त्री राईले अवको ४ बर्षमा नेपालगञ्जमा बजेट कहाँ लगानी गर्ने भन्ने खोज्न मुस्किल हुने दावी गरे ।
उक्त रकममध्ये डुडुवा ६ स्थित हिरिमिनियामा कोल्ड स्टोर, जमुनहा हिरमिनिया सडक कालोपत्रे, दर्जनौ मन्दिर, मस्जिद, खेलकुद मैदान, गुरुद्धाराको मर्मत सम्भारलगायतका काम हुने भन्दै उनले बाल उद्यान, पार्क, पिकनिक, चिडियाखाना, सभ हल, वाटरपार्कमा उद्यान बन्दै गरेको बताए । मन्त्री राईले नेपालगञ्ज र डुडुवामा केन्द्रीय बजेटमार्फत दुई सय करोड र सघन शहरी विकास कार्यक्रमअन्तर्गत एडिबीको लगानीमा ५ सय करोडको काम भईरहेको जानकारी दिए ।
भेरी अञ्चल अस्पतालमा एसीसहितको ५ सय शैयाको बेड निर्माण कार्य अन्तिम चरणमा रहेको बताउँदै उनले उपत्यकापछि पहिलो एसीसहितको निःशुल्क बेड पाउने यो पहिलो अस्पताल हुने दावी गरे । आइतवार गृहजिल्ला नेपालगञ्ज आएका मन्त्री राईले हनुमान निमावि जमुनाहमा सरस्वती पुजा गरेका थिए ।

Next Post

नेपाली मोबाइल फोन प्रयोग गर्दै नरैनापुरबासी

२७ माघ २०७५, आईतवार १८:४५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : भारतीय टेलिफोन कम्पनीको मोबाइल फोनमा भर पर्दै आएका नरैनापुर गाउँपालिकाका स्थानीयले नेपाली मोबाइल फोन प्रयोग गर्न थालेका छन् । यहाँ नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सञ्चालन गरेको मोबाइल फोन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नेपाली मोबाइल कम्पनीले सञ्चालन गरेको मोबाइल सेवा नेटवर्कले राम्रोसँग काम […]