भारतमा दिदीबहिनी र भाइसहित चार जनाले गरे आत्महत्या

४ कार्तिक २०७५, आईतवार १४:०५
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् । हरियाणास्थित फरिदाबादमा एकै परिवारका तीन दिदीबहिनी र भाइसहित चार जनाले एकैसाथ आत्महत्या गरेका हुन् ।
फरिदाबादको दयाल बाग कलोनीमा छिमेकीको सूचनाका आधारमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । मृतकहरु ३७ देखि ४२ वर्ष उमेरका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुले केही दिन अघि नै आत्महत्या गरेको पुष्टि भएको छ । उनीहरुको शव भेटिएको ठाउँमा सुसाइड नोटसमेत भेटिएको छ । जसमा कसैलाई घटनाको जिम्मेवार भनिएको छैन । भारतीय प्रहरीका अनुसार उनीहरुको बुवा आमाको पहिलेनै मृत्यु भएको थियो ।
घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ ।

Next Post

राज्याभिशेकसँगै रामलिला समापन

४ कार्तिक २०७५, आईतवार १४:०५
सदरलाइनडटकम नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित १५१ औ ‘रामलिला’ को शनिबार औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गत २४ गतेदेखि जारी रामलिला कार्तिक २ गते रावण बध पश्चात सकिए पनि शनिबार भगवान रामलाई राज्याभिशेक गरी समापन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालगञ्जको रामलीलाले यो वर्षसमेतको […]