२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

भाजपा नेता राजु झाको गोली हानी हत्या



नेपालगञ्ज : भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ ।

बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए । हत्याको कारण भने खुल्न सकेको छैन । सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ ।

वाम मोर्चाको शासनकालमा झामाथि सिलपञ्चलमा अवैध कोइला व्यवसाय सञ्चालन गरेको आरोप लागेको थियो ।

उनी डिसेम्बर २०२१ मा भएको विधानसभा चुनाव अघि भाजपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार
ताजा समाचार