२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

ट्रकको ठक्करबाट दाङमा २ युवकको मृत्यु



नेपालगञ्ज : ट्रकको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार २ जना युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङल्र जनाएको छ ।

सोमवार बिहान साढे ११ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले तुलसीपुर–घोराही सडक अन्तर्गत घोराही १० खैरा चोकमा गाउँतर्फबाट आउँदै गरेको लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गोपालको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएका मोटरसाइकल चालक सन्देशको उपचारका क्रममा घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

ठक्करबाट घटनास्थलमै मृत्यु भएका गोपालको शव अहिले खैरा चोकमै रहेको दाङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ४ गते सोमबार
ताजा समाचार