२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लग्यो



कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ । स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए। नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार
ताजा समाचार