बाँकेमा बुधवार पनि होली मनाईने

सदरलाइन संवाददाता २३ फाल्गुन २०७९, मंगलवार १४:४९
 

नेपालगञ्ज : पहाडी जिल्लामा उत्सवमय मनाइएको होली नेपालगञ्जमा पनि विभिन्न समुदायका मानिसहरु मिलेर सदभावको पर्वका रुपमा होली मनाउँदै छन् ।

सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि नेपालगञ्जमा बुधवार पनि होली खेलिने भएको छ ।

‘पञ्चाङ्ग अनुसार मिलाउँदा मंगलवार राती होलिका दहन गरि बुधवार होली मनाउने सर्वपक्षीय समझदारी भएको छ,’ सामाजिक सद्भाव समितिको होली मिलनमा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहभागी विभिन्न समुदायका अगुवाहरुसँगको परामर्शपछि भने, ‘हामी पनि बुधवार मनाउँदैछौं ।’

सरकारले तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । ‘८ मार्च परेकाले बुधवारपनि सार्वजनिक विदा परेकोले राम्रो भयो, नगर प्रमुख विष्टले भने । होलिका दहन समितिले पनि मंगलवार होलिका दहनको सार्वजनिक सूचना जारी गरि बुधवार होली मनाइने भनेको छ ।

कसौधन बैश्य समाज बाँकेले भने सोमवारनै होलिका दहन गरि मंगलवार होली मनाउने निर्णय गरेको छ । अध्यक्ष नन्दलाल बैश्यले रानी तलाउमा सोमवार मध्यरातमा होलिका दहन गरि मंगलवार होली मनाउने निर्णय गरेको जानकारी दिए । ‘अरुको बारे जानकारी भएन, कसौधन बैश्य समाजले मंगलवारनै होली मनाउने निर्णय गरेको छ,’ सोमवार राती होलिका दहनबारे जानकारी दिंदै समाजका अध्यक्ष बैश्यले भने ।


सम्बद्ध जानकारका अनुसार, तराई मधेसमा मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन भएकाले कतिपयले बुधबार होली खेल्ने योजना बनाएका हुन् ।

सीमापार रुपैडिहामा पनि बुधवारनै होली मनाउने निर्णय भएको स्थानीय पत्रकार सन्तोषकुमार शुक्लले जानकारी दिए । ‘मंगलवार होलिका दहन गरि बुधवार होली मनाइँदैछ,’ पत्रकार शुक्लले भने ।

नेपालगञ्जका मारवाडी समुदायले पनि सम्बत (होलिका दहन) जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदाय शाकाहारी भएकाले उनीलाई बारले फरक नपारेपनि होलिका दहन गर्दाको आगो ननिभेसम्म उनीहरुले होली खेल्दैनन् ।

नगर प्रमुख विष्टले भने मारबाडी समुदायसँग पनि त्यसबारे सल्लाह भएको र बुधवारनै मनाउने जानकारी पाएको बताए ।

मंगलवार प्रजातान्त्रिक उद्योग व्यवसायी संघले नेपालगञ्जमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको संघका नगर अध्यक्ष शिव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा किशोरीलाई आत्मसुरक्षा तालिम

२३ फाल्गुन २०७९, मंगलवार १४:४९
नेपालगञ्ज : अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीहरुलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा बुधबारदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् । उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो । तालिम आरम्भमा सहभागी मधेसी आयोगका सदस्य बिजय गुप्ताले महिला […]