संविधान दिवसमा खजुरामा विभिन्न कार्यक्रम

३ आश्विन २०७६, शुक्रबार १६:३८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : संघीय गणतान्त्रिक नेपालको चौथौ संविधान दिवस बाँकेको खजुरामा भब्यरुपमा मनाइएको छ । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा खजुरा गाउँपालिकाले र्याली, सभा, सरसफाई, हाजिरीजवाफ, वक्तृत्वकला तथा दीप प्रज्वलन गरेर तीन दिनसम्म दिवस मनाएको हो ।
संविधान दिवसको अवसरमा शुक्रवार खजुराको धनौलीबाट शुरु भएको र्याली, खजुरा बजार एक नम्बर बजार हुँदै गाउँपालिकामा पुगेर सभामा परिणत भयो । संविधान दिवस सभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका न्यायाधीश विमल सुवेदीले संविधानले दिएको अधिकार कार्यान्वयन अबको चुनौती रहेको बताए । उनले संविधानले चाहेभन्दा धेरै अधिकार नेपाली जनतालाई दिएको भन्दै अधिकार प्रयोग र कार्यान्वयन राज्यकोे चुनौतीको रुपमा अगाडि आएको उल्लेख गरे ।
संविधानले दिएको अधिकार सुनिश्चित हुनेमा विश्वास व्यक्त गर्दै न्यायाधीश सुवेदीले आर्थिक पाटो सबल बनाउनु राज्यको लागि अर्को चुनौती रहेको बताए । उनले संविधानले मौलिक हक लगायत राज्य संयन्त्र हेर्दा स्थानीय तहसम्म शासनको अधिकार दिएको बताए । खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष एकमाया विकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, नेपाली काँग्रेसका अगुवा रामेश्वर कँडेललगायतले संविधानले सबैको अधिकार सुनिश्चित गरेकोले विस्तारै सर्वस्वीकार्य बन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा संविधान दिवसकै अवसरमा विहीबार जनता माविमा भएको माविस्तरीय हाजिरी जवाफमा सफल विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संविधान दिवसको अवसरमा भोली शनिवार रेडियो संवाद कार्यक्रम गाउँपालिकामै राखिएको बताए । त्यस्तै खजुरा गाउँपालिका शिक्षा समिति सदस्य भक्तबहादुर केसीले ज्ञानोदय नमूना माविमा दाँत, कान र आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर राखिएको जानकारी दिए ।

Next Post

जानकीमा पनि संविधान दिवसको उमङ्ग

३ आश्विन २०७६, शुक्रबार १६:३८
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा हर्ष र उमङ्गका साथ संविधान दिवस मनाईएको छ । जानकी गाउँपालिकास्तरीय संविधान दिवस मूल समारोह समितिले आज आयोजना गरेको प्रभातफेरी र परिसम्वाद कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा नं. ४ खजुराखुद्र्धको नहरचोकदेखि शुरु भएको प्रभातफेरीमा सहभागि […]