नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, अवस्था सामान्य

२३ बैशाख २०७७, मंगलवार १३:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको त्रिवेणी मोडमा मंगलवार बिहान स्थानीय र प्रहरीबिच झडप भएको छ । झडपमा परी दुई स्थानिय सामान्य घाइते भएका छन् भने प्रहरी सवार बा १ झ ८२८४ नम्बरको सरकारी गाडी स्थानियले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरुलाई हटाउन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा भएको बताएका छन् । त्रिवेणी मोड नजिक रहेको संजय किराना स्टोर्सका सञ्चालकले प्रहरीमाथि दुब्र्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी ढुङ्गामुढा भएको बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पसल सञ्चालक २३ वर्षीय छोरा रवि गुप्तालाई नियन्त्रणमा लिईएको छ भने अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयहरुले भने प्रहरीले पसल सञ्चालक शिवकुमार बानियालाई कुटपिट गरेपछि झडप भएको बताएका छन् । बाँके प्रशासनले विभिन्न समयमा फेरीफेरी जारी गर्दै आएको सुचनाका कारण सर्वसाधारणमा भ्रम श्रृजना हुँदा यस्ता घटना हुने गरेका छन् ।
चैत ११ गतेदेखि शुरु भएको लकडाउनका बीच बिचमा बाँके प्रशासनले कहिले बेलुका ४ बजेदेखि त कहिले बिहान १० बजेदेखि पसललगायतका सबै बन्द भन्ने सुचना जारी गर्दै आएको छ । यस्तो सुचना जारी हुँदा त्यो समय बाहेकको अरु समय खुल्लै हो की ? भन्ने स्थानियको बुझाइले यो अवस्था सृजना भएको स्थानीयको बुझाई छ ।
बाँके प्रशासनले मंगलवार बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्मका लागि नेपालगञ्जलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ । त्यहाँको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगञ्जमा पाँच ठाँउबाट स्वाब संकलन गरियो

२३ बैशाख २०७७, मंगलवार १३:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा कोरोना भाईरसको संक्रमण उच्च जोखिममा देखिएपछि नेपालगञ्जका बिभिन्न क्षेत्रबाट स्वाब संकलन शुरु गरिएको छ । नेपालगञ्ज ८ को एउटै टोलमा २३ जना कोरोना संक्रमित भेटिएपछि विभिन्न ठाँउमा स्वाब संकलन तीब्र पारिएको हो । मंगलवार बेलुका ५ बजेदेखि वडा नं. ८ का बिभिन्न स्थानमा स्वाब संकलन शुरु […]