महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यका लागि बाँकेको कम्दीमा कार्यशाला

२२ फाल्गुन २०७४, मंगलवार १९:४४
 

सदरलाइनडटकम
२२ फागुन, नेपालगन्ज  : महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता विषयक वडा स्तरीय कार्यशाला बाँकेको डुडुवा–४ कम्दीमा सम्मपन्न भएको छ ।
अक्सफामको सहयोग तथा सामाजिक सचेतन सरोकार केन्द्र (स्याक) को आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सहजिकरण गर्दै स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले महिला तथा बालिका विरुद्ध हुुने हिंसा अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता भए मात्र पनि आफै न्यूनिकरण भएर जाने बताईन ।
स्याक बाँकेका टिम लिडर नेत्रकला शाहीले सो कार्यशालामा महिला हिंसा भनेको के हो? वालविवाह भनेको के हो ? बालविवाहबाट बच्ने उपायहरु, सानै उमेरमा विवाह गरेमा स्वास्थ्यमा आउन सक्ने खतराहरु, वालविवाह सम्बन्धी कानुनी प्रक्रियाको बारेमा जानकारी गराउदै उनले स्थानीय तहमा महिला तथा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउनु पर्नेमा जोड दिईन ।
सो कार्यक्रमको अतिथिहरु डुुडुुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकी, वडास्तरीय बालसंरक्षण समितिका संयोजक रेशम न्यौपाने, शहिद स्मारक माविका प्रधानाध्यापक पुरुषोत्तम खनाल, वडा नं.५ का महिला सदस्य कमला शाही, वडा नं.४ का महिला सदस्य रेखा खटिक, इलाका प्रहरी कार्यालयका हवल्दार प्रेम विकलगायतले महिला हिंसा र बालविवाह रोक्नलाई सबै मिलेर सहकार्य गर्नुपर्ने साथै बाल विवाह गर्ने र गराउनेलाई कानुुनी दायरामा ल्याउनुु पर्ने कुरामा जोड दिए ।
सो कार्यशालामा मन कुुमारी थापा, बिना विक, मनिषा परियार, दिक्षा पुन, सुुस्मिता शाही, उषा लिम्बुले पनि आ–आफ्नो अनुभव र विचार राखेका थिए । सो कार्यशालामा किशोरी क्लब, बाल क्लब, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रम डुडुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सगिर खाँको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन स्याक, बाँकेका फिल्ड सुपरभाइजर कृष्ण गिरीले गरेका थिए ।


 

Next Post

विद्यालयका युनिर्फम लिन भारत (रुपैडिहा) नपठाउ

२२ फाल्गुन २०७४, मंगलवार १९:४४
सदरलाइन / सुनिता बर्मा २२ फागुन, नेपालगन्ज  : नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बाँकेमा सञ्चालनमा रहेका नीजि तथा सामुदायिक विद्यालयले आफ्नो विद्यालयको पोशाक लगायतका सामाग्रीहरु लिन भारत रुपैडिहा नपठाउनको लागि आग्रह गरिएको छ । बाँकेमा सञ्चालनमा रहेका अधिकांश नीजी विद्यालयलले सीमापारीका विभिन्न पसलहरुबाट पोषाक, जुत्ता, टाई, स्टेशनरी जस्ता सामाग्री […]