सिद्धार्थ भ्यु पश्चिमको बाटो कालोपत्रेका लागि शिलन्यास

सदरलाइन संवाददाता २० माघ २०७७, मंगलवार १९:१६
 


नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं १८ मा विकास निर्माणको गतीले तीब्रता लिएको छ । पछिल्लो समयमा वडाको सुर्खेतरोड होटल सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो पक्की नालासहित ८ मिटर सडक कालोपत्रे गर्ने कार्यत्रो शिलान्यास गरिएको छ ।

वडा अध्यक्ष दीपककुमार बर्माले शिलन्यास गरेको सो सडकको लम्बाई ५ सय ७५ मिटर रहेको छ । सो सडक निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाईएको र चालु आर्थिक बर्षमा वडाका विभिन्न टोलमा कालोपत्रे गर्ने योजनामा राखिएको जानकारी वडा अध्यक्ष बर्माले दिए ।

उनले वडा नं. १८ मा चिल्ड्रन पार्क निर्माण, पक्की नाला निर्माण, पीसीसी बाटो निर्माण, सोलार बत्ति जडान र माटो पटान ग्रबेलको काम पनि योजनामा रहेको र चाँडैनै सुरुवात गर्ने तयारीमा वडा कार्यालय रहेको बताए ।


उनले वडाको विकास निर्माणको कार्यमा कोभिड–१९ को कारण भएको लकडाउनका कारण प्रभावित भएपनि सजकताको मापदण्ड अपनाएर बिकासको गतिलाई तिब्र पारिदै लगिएको जानकारी दिए । उनले समग्र वडाको विकासको लागि स्थानीय उपभोक्ताले पनि चासो दिएर लाग्नु पर्ने बताए ।

Next Post

सहायक सूचक थापाको हत्याआरोपमा सात जना पक्राउ

२० माघ २०७७, मंगलवार १९:१६
नेपालगञ्ज : अनुसन्धानका सहायक सूचक प्रविण थापा मगरको हत्या आरोपमा बाँके प्रहरीले ७ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । हत्या आरोपमा नेपालगञ्ज १८ का २४ वर्षीय कार्की भनिने दिनेश कुमार कुर्मी, सुर्खेत गुर्भाकोट हाल नेपालगञ्ज १८ बस्ने वर्ष १९ का निश्चल गुरुङ, जाजरको जुनिचाँदेका हाल नेपालगञ्ज ४ बस्ने […]

ताजा अपडेट