नेपालगञ्जमा फुटपाथ अतिक्रमण हटाउन सुरु

१० श्रावण २०७६, शुक्रबार १९:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरका फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके, जिल्ला प्रहरी र नेपालगञ्ज उप–महानगरको संयुक्त पहलमा शुक्रबारदेखि सुरु गरिएको हो ।
सुर्खेतरोडको कारकाँदो चोकदेखि बीपि चोकसम्म बाटोको दुबैतिर फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारीक उद्देश्यका सामाग्री हटाउन सुरु गरेको हो । अटेर गरेर नहटाउनेको सामान सो टोलिले नियन्त्रणमा लिएको छ ।
सुर्खेतरोडमा बाटो हिड्ने बटुवाले हिड्नको लागि असहज भएको तथा सवारी दुर्घटनाको जोखिम बढेको जन गुनासो आई रहेको बेलामा यो संयुक्त अभियान सुरु गरिएको जिल्ला ट्राफिक ईन्चार्ज समेत रहेका ट्राफिक प्रहरी निरिक्षक पबिन्द्रबहादुर बमले जानकारी दिए ।
उनले सडकमा अब्यवस्थित तरिकाले पार्किङ्ग गरेको मोटरसाईकल र फुटपाथमा व्यापारिक प्रयोजनको लागि राखिएको सामान नियन्त्रणमा लिएर नेपालगञ्ज उप–महानगरपालिकामा बुझाएको बताए ।

Next Post

बाँकेका स्थानीय तहको वार्षिक समिक्षा

१० श्रावण २०७६, शुक्रबार १९:०२
सदरलाइनडटकम, नेपालगञ्ज :  स्थानीय तह तथा जिल्ला समन्वय समिति बाँकेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा सुरु भएको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेसहित जिल्लाका ८ वटै स्थानीय तहको कार्य प्रगती प्रस्तुत गरिएको थियो । बार्षिक समिक्षा […]

सम्बन्धित