२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

साढे १ लाखको कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे १ रुपैयाँ बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ पिस कुखुरा बरामद गरिएको हो । जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाईएको जानकारी दिएको छ ।

फरार प्रतिवादी पक्राउ

त्यस्तै जिल्ला प्रहरी बाँकेले लागूऔषध मुद्दामा दोषी ठहर भएर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट मिति २०७७ भदौ ९ गतेको फैसलाबाट लागूऔषध मुद्दामा दोषी ठहर भएर हालसम्म फरार रहेका कोहलपुर–२ का २६ बर्षीय महादेव घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत बाँकेले १ बर्ष जेल सजायको फैसला सुनाएयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । घिमिरेलाई आबश्यक कारबाहीका लागि आज जिल्ला अदालत बाँके बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

फरार रहेका घिमिरेलाई कहाँबाट पक्राउ गरिएको बारे भने जिल्ला प्रहरी कार्यालय खुलाएको छैन ।

प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार
ताजा समाचार