२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेद्वारा होली मिलन कार्यक्रम



नेपालगञ्ज : सद्भाव र रंगहरुको पर्व होलीको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले होली मिलन कार्यक्रम गरेको छ ।

मंगलवार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका सहसचिव तेक वलीको अध्यक्षता तथा नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा होली मिलन कार्यक्रम गरेको हो ।

होली मिलनमा कांग्रेस सभापति गौडेलले होली पर्बले आपसी सद्भाव, भाइचारा कायम गर्ने विश्वास ब्यक्त गरेका छन् ।

त्यस्तै होली मिलनमा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, सचिव सुनिलसिंह हमाल, नेपालगञ्ज उपमहानगरपालिका सभापति एबं मेयर प्रशान्त बिष्ट, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसी, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका नेता एबं नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, नेपाल स्वास्थ्यकर्मी संघका नरेश श्रेष्ठ, गोरखनाथ योगी लगायत सयौंको उपस्थितिमा होली मिलन कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार
ताजा समाचार