२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बर्दियाका दुई महिलालाई बाघले खायो



नेपालगञ्ज : बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं. ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो ।

मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही ठाउँकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्रीलाई बाघले खाएको बर्दिया प्रहरीले जनाएको छ ।

दुबै जना घास दाउरा गर्न जंगल गएको बेला बाघले आक्रमण गरेको थियो । दुबै जनाको शव भेटिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार
ताजा समाचार