२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो



नेपालगञ्ज : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ । आइतवार काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।

हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए । आइतवार काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो ।

काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११ः१० दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार
ताजा समाचार