कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १४:३८
 

नेपालगञ्ज : कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी भएकी छन् ।

आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको छ ।


४० सदस्यीय प्रदेश सभामा ३८ जनाले मतदानमा भाग लिएका थिए । सुर्खेतकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । सत्तारूढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार आठौँ राष्ट्रिय योग दिवस मनाईंदै

१ माघ २०७९, आईतवार १४:३८
नेपालगञ्ज : ‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मन्त्रिपरिषद्को २०७२ साल साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन […]

सम्बन्धित