लुम्बिनी र सिचुआन सरकार विच पर्यटन प्रबर्द्धनमा पहल

सदरलाइन संवाददाता २८ कार्तिक २०८१, बुधबार १८:०५
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने भएको छ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सो कुरा बताएका हुन ।

भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदान प्रदानलाई तिब्रता दिइने उनले बताएका हुन । चिनको छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाई अनुसरण गरिने, पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताए ।


‘हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ’–उनले भने–‘लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्ने छ ।’

मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकि श्रीमती दिपा आचार्य लगायत भ्रमणमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाभर लयन्सपार्क बनभोज खानेको लागि रोजाईको ठाँउ बन्दै

२८ कार्तिक २०८१, बुधबार १८:०५
बैजनाथ (बाँके) :  बाँकेको बैजनाथ गाउपालिकाको गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा यतिबेला बनभोज खानेहरुको भिड लाग्ने गरेको छ । पार्क निर्माण भएको छोटो समयमा धेरैको मन आफुतिर तान्न सफल भएको लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याई दिएको छ । लायन्स लोकल डेभलपमेन्ट कार्यक्रम अन्तरगत २०७०–२०७१ देखि निर्माण […]

सम्बन्धित