प्राधिकरणको लापरवाहीले नदइगाउँका किसान तनावमा

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १४:१८
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण नेपालगञ्ज उपमहानगरपालिका–१७ नदइगाउँका डेढ सय बढी किसान तनावमा परेका छन् । तीन साता अघि आएको हावाहुरीले विद्युतको पोल ढालेपछि मर्मतको लागि गएको प्राधिकरणको टोलीले हाइटेन्सन लाइन जोडेपनि कृषि लाइन काटिदिएको स्थानीयको गुनासो छ ।

स्थानीय शेरबहादुर खटिकको जग्गाबाट उक्त लाइन विस्तार भएको थियो । खटिकले आफ्नो जग्गाबाट लाइन नदिने बताएपछि स्थानीयबीच विवाद बढेको थियो । पहिलेदेखि नै त्यही लाइनबाट आफुहरुले वत्ति लगेको स्थानीय बताउँछन् ।

लाइन काट्नुको कारणबारे वडा कार्यालयले विद्युत प्राधिकरणसँग पनि जवाफ माग गरेको छ । मनोमानी तरिकाबाट प्राधिकरणले लाइन काटेको भन्दै वडाअध्यक्ष अजय पाठक पनि प्राधिकरणप्रति रुष्ट हुनुभएको छ ।


विद्युत प्राधिकरणले भने स्थानीयबीचको विवादले लाइन नजोडिएको बताएको दावी गरेको छ । प्राधिकरणका नेपालगञ्ज प्रमुख लखनलाल मल्लिकले लाइन जोड्न आफुहरु तयार भएपनि स्थानीयबीचको विवाद मिल्नु पर्ने बताए ।

उक्त कृषि लाइनबाट पन्ध्रवटा कृषि मिटर संचालनमा थिए । अहिले लाइन नहुँदा डेढ सयबढी किसान सिंचाइँ सुविधाबाट बञ्चित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार बाँकेमा ८ जनालाई कोरोना पुष्टि

१७ असार २०७८, बिहीबार १४:१८
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ५ जना छन् । आजसम्म ८४ हजार २ सय ६१ नमुना परीक्षण भएको छ । त्यसमा […]

सम्बन्धित