‘विज्ञान र प्रविधिबाट मात्रै राष्ट्रको विकास संम्भव’

२१ माघ २०७६, मंगलवार १८:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले विज्ञान र प्रविधिको माध्यमबाट मात्रै समग्र राष्ट्रको उन्नती सम्भव भएको बताएका छन् । उनले मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा नवप्रवर्तन प्रणाली सुचकाङक र प्रयासहरु सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सो गोष्ठीमा बोल्दै मन्त्री रावलले नीतिगत तहमा यसको आवश्यकता महसुश नगरिएसम्म नेपालमा विज्ञान र प्रविधिको विकास  सम्भव नभएको बताए् । ‘आजसम्म अनुसन्धान गरिने थलोलाई राजनीति गर्ने थलो बनाईयो अवको समयमा यस्ता क्षेत्रमा राजनीति नगरिकन सबै एक भएर अघि बढ्न जरुरी छ । अनि मात्र विकास संभव हुन्छ’–उनले भने ।

विज्ञान र प्रविधिको विकासका लागि कर्णाली प्रदेशको सधै साथ र सहयोग रहने प्रतिबद्वता जनाउदै मन्त्री रावलले अब सबै मिलेर देश निर्माण गर्ने बाटोमा लाग्न आवश्यक रहेको औल्याए । उनले दक्ष र प्राविधिक जनशक्ति बाहिरिने परिपाटीको अन्त्य गर्न राज्यले ठोस कदम चालने बताए ।


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको सो गोष्ठीमा राष्ट्रिय नवप्रवर्तन सूचकाङको परिचय एवं अन्तराष्ट्रिय एवं राष्ट्रिय स्थितीबारे नास्टका सहप्राज्ञ डा. जगतकमार श्रेष्ठ, समृद्धिका लागि नवप्रवर्तनको आवश्यकता र नेपालमा भएका प्रयासबारे प्रा. डा. भक्तबहादुर आलेले प्रस्तुतिकरण गरेका थिए ।

यस्तै उर्जा क्षेत्रमा नवप्रवर्तनबारे नास्टका इन्जिनियर रोशन पाण्डे र नास्ट कै डा. रविन्द्रप्रसाद ढकालले समृद्धिका लागि नवप्रवर्तन एवं नास्टको प्रयासबारे प्रतुति गरेको कार्यक्रममा प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा अनुसंन्धानमा लागेका अनुसंन्धानकर्ता तथा विज्ञानका शिक्षक, बिद्यार्थी प्राध्यापक लगायतको सहभागिता रहेको थियो ।

Next Post

दिनप्रतिदिन क्यान्सर रोगीको संख्या बढ्नु दुःखद् कुरा : प्रा.डा. पौडेल

२१ माघ २०७६, मंगलवार १८:४५
सदरलाइनडटकम, काठमाडौं : वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगकाकारण अकालमा जीवन गुमाइरहेको कुरा बताएका छन् । मंगलवार काठमाडौंस्थित लोयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र […]

सम्बन्धित